दफा
थुनुवा वा कैदीको तलासी लिने

(१) कुनै थुनुवा वा कैदीलाई कारागार भित्र प्रवेशगराउँदा निजको तलासी लिनु पर्छ र कुनै हतियार वा निषिद्ध वस्तु फेला परेमा सो कब्जा
गर्नु पर्छ ।
(२) प्रचलित नेपाल कानुन बमोजिम थुनुवा कैदीले कारागार भित्र लैजान पाउने वा निजको उपयोगको निमित्त कारागार भित्र पठाउन हुने निजको दैनिक व्यवहारको निमित्त चाहिने भन्दा बढ्दा मालसामानहरू थुनुवा वा कैदीलाई आवश्यक भएको बखत दिने गरी जेलरको जिम्मा राख्नु पर्छ ।